Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np
Login

Beema Shree (Plan 35)

Responsive image

बीमा श्री सावधिक जीवन बीमा योजनाको विशेषताहरु

मुनाफामा सरिक हुने/नहुने : यो जीवन बीमा योजना मुनाफामा सरिक हुने छैन
प्रवेश उमेरनहुने : १८ वर्ष देखि ६५ बर्ष सम्म ( नजिकको जन्म दिन )
अधिकतम बीमा समाप्ति उमेरनहुने : ७० वर्ष
बीमा अवधि : ५ देखि ३० बर्ष
न्यूनतम बीमाङ्ग : रु.५०,०००/-
अधिकतम बीमाङ्ग : प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ
बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक, अर्द्धवार्षिक, त्रैमासिक र एकलिनेछ
बीमाशुल्क भुक्तानी अवधि : बीमा अवधि समाप्ति सम्म वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा सो मिति सम्मिनेछ
रकम भुक्तानी दिइने अवस्था

यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ :

(क) बीमा समाप्ति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क रकम भुक्तानी दिइने छ।

(ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप / छुट गरिनेछ ।

ठूलो बीमाङ्गमा छुट

रु.६,००,०००/- देखि रु.९,९९,०००/- सम्म रु. ०.५/- प्रति हजार छुट
रु.१०,००,०००/- देखि माथि रु. ०.७५/- प्रति हजार छुट

बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors):

बीमाशुल्क भुक्तानी तरिका फ्याक्टर
वार्षिक १.०००
अर्द्ध बार्षिक १.०२०
त्रैमासिक १.०३५

यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ :

(क) दुर्घटना मृत्यु लाभ (ADB) + स्थायी अपाङ्ग / असक्त सुविधा (PTD) + बीमाशुल्क छुट सुविधा (PWB)

(ख) एशियन क्रिटिकल केयर (CI Rider सुविधा)

१४.बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु :

यद बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ।

क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवा द्धारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भै उडान गर्दा बाहेक अन्य उडान गर्दा ।

ख) कानूनको बर्खिलाप हुने गरि कुनै युद्ध जस्ता कार्य ( युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।

ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।

घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति / व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।

एकल बीमाशुल्क भुक्तानी गरेको बीमालेखको हकमा माथि उल्लेखत (क) देखि (घ) को जुन सुकै कारणबाट बीमालेख प्रारम्भ भएको ३ बर्ष भित्र बीमितको मृत्यु भएमा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) अस्सी प्रतिशत रकम मात्र भुक्तानी गरिनेछ ।