१५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस जीवन बीमा योजनाको विशेषताहरु
१. न्यूनतम बीमाङ्क : ५००००/–
२. अधिकतम बीमाङ्क : बीमितको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
३. न्यूनतम प्रवेश उमेर : १८ वर्ष
४. अधिकतम प्रवेश उमेर : ५५ वर्ष सम्म
५. अधिकतम बीमा समाप्ति उमेर : ७० वर्ष
६. बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक, अद्र्धवार्षिक, त्रैमासिक र मासिक
७. बीमाशुल्क भुक्तानी अवधि : बीमा अवधि समाप्तीसम्म वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा सो मिति सम्म ।
८. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors)
बीमाशुल्क भुक्तानी तरिका
फ्याक्टर
वार्षिक
१.०००
अद्र्ध वार्षिक
१.०२०
त्रैमासिक
१.०३५
मासिक
१.०५०
९. रकम भुक्तानी दिइने अवस्था
i) यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ :
क) बीमा प्रारम्भ मितिले ५ बर्ष पुगेको बर्ष दिवशमा बीमाङ्कको २५% रकम,
ख) बीमा प्रारम्भ मितिले १० बर्ष पुगेको बर्ष दिवशमा बीमाङ्कको २५% रकम,
ग) बीमा प्रारम्भ मितिले १५ बर्ष पुगेको बर्ष दिवशमा बीमाङ्कको ५०% रकम र आर्जित बोनश रकम ।
बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि पुरै बीमाङ्क रकम र आर्जित बोनश भुक्तानी दिइने छ ।परिभाषा : बोनस भन्नाले सिम्पल रिभर्सनरी बोनस ९क्ष्mउभि च्भखभचकष्यलबचथ द्ययलगक० र टर्मिनल बोनस ९त्भचmष्लब िद्ययलगक० लाई जनाउँछ । न्यूनतम १० बर्ष सम्म सक्रिय ९क्ष्लायचअभ० रहेको बीमालेखमा टर्मिनल बोनस प्रदान गरिनेछ । टर्मिनल बोनसको लागि तोकिएको न्यूनतम अवधि पूरा भएको बीमालेख अन्तर्गत परिपक्व दाबी भुक्तानी, बीमा अवधि भित्र बीमितको मृत्यु वा बीमालेख समर्पण गरेमा रिभर्नरी बोनस सहित टर्मिनल बोनस प्रदान गरिनेछ ।
१०. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ:
क) दुर्घटना मृत्यु लाभ (ADB) + स्थायी अपाङ्ग÷असक्त सुविधा (PTD) + बीमाशुल्क छुट सुविधा (PWB)
ख) एशियन क्रिटिकल केयर (CI Rider: सुविधा)
१२. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा।
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति÷व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुु¥याउने छैन ।