ख. अधिकतम बीमाङ्क : बीमा चाहनेको आर्थिक अवस्थाको आधारमा गरिनेछ ।
९. बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक
१०.रकम भुक्तानी दिइने अवस्थाः
१) बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जीवित रहेमा र बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने सम्पूर्ण बीमाशुल्क किस्ताहरु बीमकलाई प्राप्त भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय बमोजिम भुक्तानी गरिनेछः
कः एकमुष्ठ लाभः बीमा प्रारम्भ मितिले १२(बाह«) वर्ष पुरा भएको वर्ष दिवसमा देहाय बमोजिमको एकमुष्ठ लाभ भुक्तानी दिइनेछः
उमेर समूह (बीमा गर्दा को समय)
वार्षिक बीमाशुल्क
रु. १ लाख ५० हजारसम्म
रु. १ लाख ५० हजार भन्दा माथि देखि रु. ३ लाखसम्म
रु. ३ लाखभन्दा माथि
१२ देखि २० वर्ष
५०%
५०%
५१%
२१ देखि ४० वर्ष
५२%
५२%
५३%
४१ देखि ५२ वर्ष
७०%
७१%
७५%
१०. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ:
क) दुर्घटना मृत्यु लाभ (ADB) + स्थायी अपाङ्ग÷असक्त सुविधा (PTD) + बीमाशुल्क छुट सुविधा (PWB)
ख) एशियन क्रिटिकल केयर (CI Rider: सुविधा)
११. बीमालेख कर्जा : यस बीमा योजना अन्तर्गत बीमालेख कर्जा प्रदान गरिने छै्रन।
१२. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा।
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति÷व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुु¥याउने छैन ।