१) लघु जीवन बीमा कसको लागि उपयोगी हुन्छ ?
जीवन बीमा प्राय: सबै मानिसहरुलाई आर्थिक तथा सामाजिक सुरक्षाको लागि आबश्यक पर्दछ । तथापी आर्थिक क्षमताको कारणले गर्दा धेरै मानिसहरुले आफु तथा आफ्नो परिवारको लागि जीवन बीमालेख खरिद गर्न असमर्थ हुन्छन् । लघु जीवन बीमा न्यून आय आर्जन गर्ने व्यक्तिहरुलाई लक्षित गरि बनाइएको एक उपयोगी जीवन बीमा योजना हो ।
२) लघु जीवन बीमाको मुख्य बिशेषता
३) बीमा गर्नेको उमेर: घटीमा १८ वर्ष र बढीमा ६० वर्ष ननाघेको ।
४) बीमाङ्क रकम: घटीमा रु.१०,०००।– र बढीमा रु.१,००,०००।– सम्म ।
५) बीमा अवधि: ५ वर्ष।
६) बीमाशुल्क भुक्तानि तरिका: वार्षिक वा अर्द्ध–वार्षिक वा त्रैमासीक ।
७) आवश्यक कागजात
अ. सावधिक लघु जीवन बीमा प्रस्ताव फाराम
आ. नेपाली नागरिकता वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने अन्य कुनै फोटो सहितको कागजातको प्रतिलिपि
८) बीमाशुल्क कति तिर्नु पर्छ ?
सावधिक लघु जीवन बीमा गर्नको लागि धेरै बीमाशुल्क तिर्नु पर्दैन । जस्तै: ३० वर्षको मानिसले रु.२५,०००।– बीमाङ्कको १५ बर्षे सावधिक लघु जीवन बीमा गर्न चाहेमा वार्षिक रु.१,८७५।– भुक्तनि गरे पुग्छ ।
९) सावधिक लघु जीवन बीमालेखले प्रदान गर्ने सुबिधा कस्तो छ ?
क) यो बीमालेख कायम रहि बीमा अवधि समाप्ति मिति सम्म बीमालेखधनि (बिमित) जीवित रहेमा बीमाङ्क रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको बोनस रकम बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइनेछ ।
ख) यो बीमालेख कायम रहेको अवधि भित्र बीमालेखधनि (बिमित) को मृत्यु भएमा बीमाङ्क रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको बोनस रकम समेत एकमुष्ट भुक्तानी गरिनेछ ।
१०) लघु बीमाको लागि सम्पर्क
लघु जीवन बीमाको लागि कम्पनीका “लघु बीमा अभिकर्ता” वा कम्पनीका शाखा तथा उपशाखाहरु