Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Money Back Policies - १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस

१५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस

विशेषताहरुः

१.बीमाङ्क रकम भुक्तानी दिइने अवस्था:

   क) बीमा समाप्ति अघि बीमितको मृत्यु भएमा
बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि पुरै बीमाङ्क रकम र आर्जित बोनश भुक्तानी दिइने छ ।

ख) देहायको मिति सम्म बीमित जीवित रहेमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसार भुक्तानी गरिनेछ ः
अ) बीमा प्रारम्भ मितिले पाँच बर्ष पुगेको बर्ष दिवसमा बीमाङ्कको २५% रकम,
आ) बीमा प्रारम्भ मितिले १० वर्ष पुगेको बर्ष दिवसमा बीमाङ्कको २५% रकम,
इ) बीमा प्रारम्भ मितिले १५ वर्ष पुगेको बर्ष दिवसमा बीमाङ्कको ५०% रकम र आर्जित बोनश रकम ।

परिभाषा ः बोनश भन्नाले सिम्पल रिभर्सनरी बोनस (Simple Reversionary Bonus) र टर्मिनल बोनस (Terminal Bonus) लाई जनाउँछ ।
न्यूनतम १० बर्ष सम्म सक्रिय (Inforce) रहेको बीमालेखमा टर्मिनल बोनस प्रदान गरिनेछ । टर्मिनल बोनसको लागि तोकिएको न्यूनतम अवधि पूरा भएको बीमालेख अन्तर्गत परिपक्व दाबी भुक्तानी, बीमा अवधि भित्र बीमितको मृत्यु वा बीमालेख समर्पण गरेमा रिभर्नरी बोनस सहित टर्मिनल बोनस प्रदान गरिनेछ ।
टर्मिनल बोनश गणना गर्दा देहाय बमोजिम गरिन्छ: 
टर्मिनल बोनश=बोनश दरXबीमाङ्कXबीमालेख सक्रिय रहेको वर्षहरु
२. भुक्तानी पाउने व्यक्तिः
बीमा अवधिभर बीमित जिवित भए स्वयम् सो नभए बीमितले इच्छाएको व्यक्ति वा वीमा ऐन २०७९ को दफा १२७ बमोजिमको हकवाला भुक्तानी पाउने व्यक्ति हुनेछ । तर यस बीमालेख उपर कानुनी अधिकार भएको प्रमाणित गर्न सक्ने अरु कुनै व्यक्ति वा संस्था रहेको अवस्थामा निजले आफ्नो अधिकारसम्मको रकम भुक्तानि पाउनेछ ।
३. सर्मपण मूल्य तथा कर्जाः
पूरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमालेख जारी भएको मितिबाट तीनवर्ष वर्ष पुरा भैसकेपछि बीमा अवधिभित्र यस बीमालेखको समर्पण  मूल्य प्राप्त हुनेछ । न्यूनतम १० (दश) बर्ष सम्म सकृय (Inforce) रहेको बीमालेख समर्पण गर्न चाहेमा बीमा प्रारम्भ मिति देखिकै टर्मिनल बोनश समेत समावेश गरी समर्पण मूल्य गणना गरिनेछ । समर्पण मूल्यको रकम नेपाल बीमा प्राधिकरणले निर्दिष्ट गरेको विधि प्रयोग गरी बीमकले निर्धारण गर्नेछ ।बीमालेख उपर कानूनी स्वामित्व भएको सन्तोषजनक प्रमाण पेश गरेको खण्डमा समर्पण मूल्य भएको बीमालेखको धितोमा कुनै पनि समयमा बीमकबाट कर्जा प्राप्त गर्न सकिनेछ ।
४. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु ः
यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ । 
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवा द्धारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भै उडान गर्दा बाहेक अन्य उडान गर्दा । 
ख) कानूनको बर्खिलाप हुने गरि कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।

उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्‍याउने छैन ।