Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - सुनौलो बाल भविष्य (सावधिक)

सुनौलो बाल भविष्य (सावधिक)

विशेषताहरु
 

 १. जोखिम प्रारम्भ   ः  क) बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बीमित बालबालिकाको  उमेर ६ वर्ष पुरा भएपछि; यी २ घटना मध्ये जुन पछि घट्छ ।
    ख) बीमित नाबालकको उमेर ९ वर्षदेखि माथि १२ वर्ष सम्मको हकमा बीमा प्रारम्भ मितिले १ वर्ष पछि ।
    ग) बीमित नाबालकको उमेर १२ वर्ष देखि माथिको हकमा बीमा प्रारम्भ मिति देखि ।

२. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors):
     

बीमाशुल्क भुक्तानी तरिकाफ्याक्टर 
वाार्षिक  १.०००
अद्र्ध बार्षिक १.०२०
त्रैमासिक १.०३५

    ३. ठूलो बीमाङ्कमा छुट

बीमाङ्कछुट
बीमाङ्क रु.६,०१,०००/– देखि रु.९,९९,०००/– सम्म    रु.०.५० प्रति हजार
बीमाङ्क रु. १०,००,०००÷– देखि माथि रु.०.७५ प्रति हजार

४. रकम भुक्तानी दिइने अवस्थाः
(१) बीमा समाप्त मितिसम्म बीमित बालबालिका जिवित रहेमा; बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी दिइनेछ ।
(२) जोखिम प्रारम्भ हुनु अगावै बीमित बालबालिकाको मृत्यु भएमा;  बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ ।
(३) जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा; बीमाङ्क रकमको पच्चीस प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ, सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
(४) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएमा; 
क) बाँकी अवधिको बीमाशुल्क मिनाहा हुनेछ ।
ख) बीमित बालबालिकाको उमेर १८ वर्ष नलागे सम्म बीमाङ्कको १ प्रतिशत रकम मासिक आय सुविधा वापत प्रदान गरिनेछ ।
(५) बीमा अवधि भित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा; 
(क) प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी दिइनेछ ।
(ख) बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको पच्चीस प्रतिशत रकम भुक्तानी दिइनेछ  ।

(६) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा; 
बीमाङ्क रकमको पच्चीस प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

५. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
यदी बीमित/प्रस्तावकको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित कारणबाट भएमा बीमालेख अन्तर्गत कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ। 
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा । 
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; बीमित/प्रस्तावकले आत्महत्या गरेमा अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क रकम भुक्तानी गरिनेछ । बीमा अवधि भित्र प्रस्तावकले आत्महत्या गरेमा बीमालेख अन्तर्गत बीमाशुल्क मिनाहा र मासिक आय सुविधा प्रदान गरिने छैन ।