Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - एशियन सावधिक प्लस

एशियन सावधिक प्लस

विशेषताहरु:
१.प्रवेश उमेरः     १८ वर्ष  देखि ६५ वर्ष सम्म
२.अधिकतम बीमा समाप्ति उमेरः ७० वर्ष
३.बीमा अवधि:     ५ देखि ३० वर्ष 
४.न्यूनतम बीमाङ्कः     रु. २५,०००/–
५.अधिकतम बीमाङ्कः     प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
६.बीमाशुल्क भुक्तानी गर्ने तरिका     ः     वार्षिक, अर्द्ध वार्षिक, त्रैमासिक र मासिक
७.बीमाशुल्क भुक्तानी अवधि    ः     बीमा अवधि समाप्तीसम्म वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा सो मिति सम्म ।
८.     रकम भुक्तानी दिइने अवस्था 
          यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ ः
        क) बीमा समाप्ति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनश 
            एकमुष्ठ भुक्तानी दिइने छ ।
ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क वापतको रकम र नियमानुसारको बोनश भुक्तानी दिइने छ ।

परिभाषा ः बोनश भन्नाले सिम्पल रिभर्सनरी बोनस (Simple Reversionary Bonus) र टर्मिनल बोनस (Terminal Bonus) लाई जनाउँछ । न्यूनतम १० बर्ष सम्म सक्रिय (Inforce) रहेको बीमालेखमा टर्मिनल बोनस (Terminal Bonus) प्रदान गरिनेछ । टर्मिनल बोनसको लागि तोकिएको न्यूनतम अवधि पूरा भएको बीमालेख अन्तर्गत परिपक्व दाबी भुक्तानी, बीमा अवधि भित्र बीमितको मृत्यु वा बीमालेख समर्पण गरेमा रिभर्नरी बोनस सहित टर्मिनल बोनस प्रदान गरिनेछ ।

९. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप/छुट गरिनेछ ।                  
                 ठूलो बीमाङ्कमा छुट

रु.२,००,०००/– देखि ५,००,०००/– सम्म रु.१/– प्रति हजार छुट
रु.५,०१,०००/– देखि माथि   रु.२/– प्रति हजार छुट

 १०. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors): 
 

बीमाशुल्क भुक्तानी तरिका फ्याक्टर 
वाार्षिक  १.०००
अर्द्ध बार्षिक १.०२०
त्रैमासिक  १.०३५
  

 ११. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ ः
क) दुर्घटना मृत्यु लाभ (ADB) +स्थायी अपाङ्ग/असक्त सुविधा(PTD)+ बीमाशुल्क छुट सुविधा (PWB) 
ख)  एशियन क्रिटिकल केयर (Critical Illness)  
१२. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरुः
    यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको     बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ । 
    क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा। 
    ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
    ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
    घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा;     आत्महत्या गरेमा ।
    उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्‍याउने छैन ।