बिशेषताहरु
१.बीमा योजनाको नाम ः दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक) जीवन बीमा योजना
२.मुनाफामा सरिक हुने÷नहुने ः यो जीवन बीमा मुनाफामा सरिक हुनेछ ।
३.न्यूनतम प्रवेश उमेर ः १८ वर्ष
४.अधिकतम प्रवेश उमेर ः ६५ वर्ष सम्म
५.अधिकतम बीमा समाप्ति उमेर ः ७० वर्ष
६.न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ः ५ वर्ष
७.अधिकतम बीमाशुल्क भुक्तानी अवधि ः ३० वर्ष
८.न्यूनतम बीमाङ्क ः रु ५०,०००÷–
९.अधिकतम बीमाङ्क ः प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
१०.बीमाशुल्क भुक्तानी गर्ने तरिका ः वार्षिक, अर्धवार्षिक, त्रैमाशिक र मासिक
११.बीमाशुल्क भुक्तानी अवधि ः बीमा अवधि समाप्ती सम्म वा बीमा अवधि भित्र दुई बीमित मध्ये कुनै एकको मृत्यु भएमा सो मिति सम्म ।
१२. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप÷छुट गरिनेछ ।
ठूलो बिमाङ्कमा छुट ः
रु. २,००,०००।– सम्म कुनै छुट छैन
रु. २,०१,००० देखि ५,००,००० सम्म रु.१ प्रतिहजार छुट
रु. ५,०१,००० देखि माथि रु.२ प्रतिहजार छुट
१३. बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्कमा थप÷छुट गरिनेछ ।
१. बार्षिक बीमाशुल्क भुक्तानी गर्दा ः २ प्रतिशत छुट
२. अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गर्दा ः १ प्रतिशत थप
३. त्रैमासिक एवं मासिक तलब बचत योजना
९क्क्क्० अन्तर्गत बीमाशुल्क भुक्तानी गर्दा ः कुनै छुट ÷ थप छैन ।
४. मासिक बीमाशुल्क भुक्तानी गर्दा ः ५ प्रतिशत थप ।
१४.उमेर गणना
श्रीमान् र श्रीमती मध्ये अधिकतम उमेर लाई आधार मानि बीमाशुल्क गणना गरिनेछ ।
१५. रकम भुक्तानी दिइने अवस्था
यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ ः
१. बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा देहाय बमोजीमको बीमाङ्क र आर्जित बोनस ।
क) बीमा प्रारम्भ भएको मितिले ५ बर्ष भित्र मृत्यु भएमा, बीमाङ्कको १०० प्रतिशत,
ख) बीमा प्रारम्भ भएको मितिले ६ बर्ष देखी (६ बर्ष लागे देखी) १० बर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको १५० प्रतिशत,
ग) बीमा प्रारम्भ भएको मितिले ११ बर्ष देखी (११ बर्ष लागे देखी)१५ बर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २०० प्रतिशत,
घ) बीमा प्रारम्भ भएको मितिले १६ बर्ष देखी (१६ बर्ष लागे देखी) ३० बर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २५० प्रतिशत,
२. बीमा अवधि भित्र अर्को बीमितको पनि मृत्यु भएमा माथि १ (क, ख, ग र घ) मा उल्लेख भए अनुसारको थप बीमाङ्क रकम ।
३. बीमा अवधि समाप्त हुने मितिसम्म दुई मध्ये एक बीमित मात्र जीवित रहेमा थप पूरै बीमाङ्क रकम ।
४.बीमा अवधि समाप्त हुने मितिसम्म दुवै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस ।
१६. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ ः
क) दुर्घटना मृत्यु लाभ ९ब्म्द्य० वा
ख) दुर्घटना मृत्यु लाभ ९ब्म्द्य० ं स्थाई अपाङ्ग÷असक्त सुबिधा ९एत्म्०
ग) दुर्घटना मृत्यु लाभ ९ब्म्द्य० ं स्थाई अपाङ्ग÷असक्त सुबिधा ९एत्म्० एवं बीमाशुल्क छुट सुबिधा ९एध्द्य०