यो बीमालेख नाफामा सहभागि हुनेछ
न्यूनतम प्रवेश उमेर: १८ वर्ष
अधिकतम प्रवेश उमेर: ४५ वर्ष
बीमा अवधि: २० वर्ष
अधिकतम परिपक्वता उमेर: ६५ वर्ष
न्यूनतम बीमाङ्क: रु. ५०,०००
अधिकतम बीमाङ्क: बीमाङ्क गरिने जीवनको वित्तीय अवस्था अनुसार।
बीमाशुल्क भुक्तानी गर्ने तरिका: वार्षिक, अर्द्धवार्षिक, त्रैमासिक।
यस बीमालेखले चुक्ता मूल्य वा समर्पण मूल्य प्राप्त गर्नेछ।
यो बीमालेख ऋणको लागि योग्य हुनेछ
यो बीमालेखको परिपक्वता मूल्य हुनेछ
छूट:
ठूलो बीमाङ्क रकममा छुट
| बीमाङ्क रकम | छुट |
| रु. १००,००० देखि ३,००,००० सम्म | रु १ |
| रु. ३०१,००० र माथि | रु २ |
भुक्तानी विधिमा छुट
| भुक्तानी विधि | छुट |
| वार्षिक | २ प्रतिशत |
| अर्धवार्षिक | १ प्रतिशत |
जीवित लाभ:
| अवधि(वर्ष) | अग्रिम भुक्तानी |
| बीमा प्रारम्भ मितिले१० वर्ष | बीमाङ्कको २० प्रतिशत |
| बीमा प्रारम्भ मितिले १५ वर्ष | बीमाङ्कको ३० प्रतिशत |
| परिपक्वतामा (२० वर्ष) | बीमाङ्कको ५० प्रतिशत र नियमानुसारको बोनश रकम |
बीमा परिपक्वता मिति अघि बीमितको निधन भएको अवस्थामा:
पहिले नै भुक्तानी गरिएको जीवित लाभहरू कटौती नगरी बीमाङ्क र बोनश एकमुष्ठ भुक्तानी गरिनेछ।
बीमालेखमा समावेश गर्न सकिने अतिरिक्त सुविधाहरु(Riders):
दुर्घटना मृत्यु लाभ(ADB), स्थायी अपाङता सुविधा, बीमाशुल्क छुट सुविधा(ADB+PTD+PWB )
पहिलो बीमालेख जारी मिति: २०६४/१२/१४