Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment and Whole Life - सुखी जीवन प्लस

सुखी जीवन प्लस

विशेषताहरु
 

परिभाषा: बोनस भन्नाले सिम्पल रिभर्सनरी बोनस (Simple Reversionary Bonus) र टर्मिनल बोनस (Terminal Bonus) लाई जनाउँछ । न्यूनतम १० वर्ष सम्म सक्रिय (Inforce) रहेको बीमालेखमा टर्मिनल बोनस समेत प्रदान गरिनेछ । टर्मिनल बोनसको लागि तोकिएको न्यूनतम अवधि पूरा भएको बीमालेख अन्तर्गत परिपक्व दाबी भुक्तानी, बीमा अवधि भित्र बीमितको मृत्यु वा बीमालेख समर्पण गरेमा रिभर्नरी बोनस सहित टर्मिनल बोनस प्रदान गरिनेछ ।

२. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप/छुट गरिनेछ ।                  
                                       ठूलो बीमाङ्कमा छुट

बीमाङ्कछुट
रु.५,००,०००/– देखि १०,००,०००÷– सम्म    रु.१/– प्रति हजार छुट
रु.१०,०१,०००/– देखि माथि रु.२/– प्रति हजार छुट

    
३. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors)  ः 

बीमाशुल्क भुक्तानी तरिकाफ्याक्टर 
वाार्षिक    १.०००
अर्द्ध वाार्षिक१.०२०
त्रैमासिक१.०३५

    
४. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ ः
क) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefits), स्थायी अपाङ्ग/असक्त सुविधा(Permanent Total Disability PTD) बीमाशुल्क छुट सुविधा (Premium Waiver Benefits PWB) 
ख)  एशियन क्रिटिकल केयर (Asian Critical Care)

५. बीमालेख समर्पण: यस योजना अन्तर्गत बीमा अवधि समाप्ति पश्चात बीमितले चाहेमा बीमालेख समर्पण गर्न सकिने व्यवस्था समेत रहेको छ ।
६. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु ः
यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ । 
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवा द्धारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भै उडान गर्दा बाहेक अन्य उडान गर्दा । 
ख) कानूनको बर्खिलाप हुने गरि कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्‍याउने छैन ।