विशेषताहरु
१. बीमा योजनाको नाम ः एयिशन कर्जा सुरक्षा(म्यादी) लघु जीवन बीमा योजना
२. मुनाफामा सरिक हुने÷नहुने ः यो जीवन बीमा मुनाफामा सरिक हुनेछैन ।
३. न्यूनतम प्रवेश उमेर ः १८ वर्ष
४. अधिकतम प्रवेश उमेर ः ६४ वर्ष सम्म
५. अधिकतम बीमा समाप्ति उमेर ः ६५ वर्ष
६. बीमाशुल्क भुक्तानी गर्ने तरिका ः एकल
७. न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ः १ वर्ष
८. अधिकतम बीमाशुल्क भुक्तानी अवधि ः १५ वर्ष
९. न्यूनतम बीमाङ्क ः रु १०,०००÷–
१०. अधिकत्तम बीमाङ्कः ः रु. २० लाख
११. यस बीमा योजना अन्तर्गत वित्तिय संस्थाहरु जस्तै बैंक,फाइनान्स कम्पनी, लघुवित्त तथा सहकारी
संस्थाहरुबाट कर्जा लिएका व्यक्तिहरुको बीमा गरिने हुँदा यसले एकतर्फ वित्तिय संस्थाले प्रदान गर्ने कर्जा
सुरक्षित हुनेछ भने अर्कोतर्फ कर्जा लिने ऋणीको मृत्यु भएमा निजको परिवारमा पर्न जाने आर्थिक भारलाई
कम गरी बीमित तथा निजको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
१२. रकम भुक्तानी दिइने अवस्था ः
क. बीमा अवधिभित्र ;
ष्) कालगतीबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम र देहाय बमोजिमको दाह संस्कार खर्च
एकमुष्ठ भुक्तानी दिइने छ ।
“दाह संस्कार खर्च”ःबीमाङ्कको २५ प्रतिशत वा रु. ३०,०००।– जुन कम हुन्छ सो बराबर रकम प्रदान गरिनेछ ।
ष्ष्) दुर्घटनाको कारण बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकम प्रदान गरिनेछ ।
ष्ष्ष्) दुर्घटनाको कारणले देहाय बमोजिम बीमितको पूर्ण स्थायी अंगभंग भएमा बीमाङ्क
रकम भुक्तानी दिइनेछः
ड्ड दुबै आँखाको दृष्टी पूर्ण रुपमा गुमेमा(निको नहुने गरी पूर्ण अन्धोपन भएमा),
ड्ड नाडीभन्दा माथि दुबै हात गुमाएमा,
ड्ड गोलीगाँठोभन्दा माथि दुबै खुट्टा गुमाएमा,
ड्ड नाडीभन्दा माथि एउटा हात र गोलीगाँठोभन्दा माथि एउटा खुट्टा गुमाएमा ।
ष्ख) बीमा अवधीभित्र दुर्घटनाको कारणले देहाय बमोजिम बीमतिको आंशिक स्थायी अंगभंग भएमा बीमाङ्कको ५०(पचास) प्रतिशत रकम भुक्तानी दिइनेछः
ड्ड नाडीभन्दा माथि एउटा हात गुमाएमा,
ड्ड गोलीगाँठोभन्दा माथि एउटा खुट्टा गुमाएमा,
ड्ड कुनै एउटा आँखाको दृष्टी गुमाएमा,
ड्ड बोल्न नसक्ने वा सुन्न नसक्ने भएमा ।
माथि उल्लेखित कुनै एक दाबी भुक्तानी भएपश्चात बीमालेख अन्तर्गतको अन्य कुनैपनि सुविधा प्रदान
गरिने छैन ।
ख) बीमा अवधी समाप्तीसम्म बीमित जीवितै रहेमा कुनै रकम प्रदान गरिने छैन ।
१३.समर्पण मूल्य तथा कर्जा ः यस योजना अन्तर्गत कुनै समर्पण मूल्य तथा कर्जा प्रदान गरिने छैन ।
१४. कर्जादाता संस्थाको दायीत्वः
बीमालेख अन्तर्गतको अख्तियार प्राप्त कर्जादाता संस्थाले बीमालेख अन्तर्गत प्राप्त दाबी रकमबाट बीमितले लिएको कर्जाको बाँकी सावाँ तथा ब्याज कट्टा गरी कुनै रकम बाँकी भएमा उक्त रकम सम्बन्धित बीमित तथा निजको मृत्यु भइसकेको भए बीमालेख अन्तर्गत निजले इच्छाइएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९ को दफा ३८ अन्तर्गत बीमितको आश्रित व्यक्तिलाई भुक्तानी गर्नुपर्नेछ ।
१५. बीमाशुल्क गणना गर्ने तरिकाः
एकल बीमाशुल्क गणना गर्दा कर्जा अवधि÷बीमितले चाहेको बीमा अवधिको आधारमा समानुपातिक हिसाबले गणना गरिनेछ । (जस्तैः बीमा अवधि २.५ वर्ष भएमा ३ वर्षको त्बदगबिच एचझष्गm च्बतभ को आधारमा २.५ वर्षको समानुपातिक बीमाशुल्क गणना गरिनेछ ।)